
बारा । बारा क्षेत्र नम्बर–३ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले गठबन्धनका उम्मेदवार मुकेश साहलाई ८ सय ८६ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो ।
श्रेष्ठले ८ हजार १ सय ९५ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले ७ हजार ३ सय ९ मत मात्र ल्याउनुभएको छ ।
यस्तै, जसपाका भरत बहादुर खड्काले ५ हजार ७ सय ७ मत ल्याउनुभएको छ ।