
विर्तामोड । झापा क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका लालबहादुर साँवा (एलपी) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो पटक सङ्घीय सांसदमा निर्वाचित हुनुभएको हो ।
राप्रपासँग चुनावी तालमेल गरी झापा–४ बाट उम्मेदवार बन्नुभएका साँवाले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८ सय ६७ फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।
सावाँले १६ हजार ९ सय १३ मत प्राप्त गर्दा थेवेले १३ हजार ५ सय ५६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ८ हजार ३ सय १ मत ल्याई तेस्रो हुनुभएको छ ।