नवलपरासी पूर्व–१ बाट कांग्रेस नेता शशांक कोइराला निर्वाचित

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १ सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार ३ सय १ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Back to top button