भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल विजयी हुनुभएको छ । सार्वजनिक मत परिणामअनुसार सुवालले ४२ हजार ७ सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९ सय ५८ मत ल्याउनुभएको छ । तेस्रोमा राप्रपाका भरतबहादुर खडकाले ९ हजार ३ सय ३ मत ल्याउनुभएको छ ।

सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनील गोठेले ५ हजार २ सय ८३ मत ल्याउनुभएको छ । १ लाख २ हजार ५ सय २८ मतमा जम्मा ७३ हजार ७ सय ५६ मत खसेको थियो। जसमा १ हजार ९ सय १० मत बदर भएको छ।

Back to top button