देश मिलिजुली सरकार बनाउने दिशातिर गयो : केपी शर्मा ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सरकार बनाउन गाह्रो हुने बताउनुभएको छ ।

झापा क्षेत्र नम्बर– ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले देशभरिको परिणाम हेर्दा संसद्मा सरकार बनाउन गाह्रो हुने तर्क गर्नुभयो ।

उहाँले सरकार बनाए पनि त्यसलाई टिकाउन थप गाह्रो हुने बताउनुभयो । देश अब मिलीजुली सरकार बनाउने दिशातिर गएको भन्दै अब हरेक सांसदको भाउ बढ्ने र स्थिर सरकारको सम्भावना न्यून बनेको बताउनुभयो ।

Back to top button