
जनकपुर । महोत्तरी निर्वाचन क्षेत्र नं.–२ (ख) बाट जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार सिंह कुशवाहा विजयी हुनुभएको छ ।
नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रका नेता लालेन्द्र मण्डलसँगको ८ सय ६८ मतान्तरका साथ कुशवाहा निर्वाचित हुनुभएको हो । कुशवाहाको यो दोश्रो जित हो।
कुशवाहाले कूल १० हजार ७ सय १६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी मण्डलले ९ हजार ८ सय ४८ मत प्राप्त गर्नुभएको छ ।
उहाँले यसअघि जसपा नेपालबाट मधेश प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।