काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित

काठमाडौं । काभ्रे क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंलाई ६ हजार ४ सय ३० मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो ।

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४४ हजार १४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंले ३८ हजार ४ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९ हजार ७ सय ५८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ

Back to top button