
काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६ सय ५६ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८ सय ७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ ।
रास्वपाले ४ लाख ८४ हजार ८ सय ८६ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५ सय ९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १ सय २० मत ल्याएको छ ।
जनता समाजवादी पार्टीले १ लाख २९ हजार १ सय ५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २ सय ५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६ सय ६७ मत पाएको छ ।