
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ ।
चौधरीले २१ हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ ।
चौधरी एमालेका उम्मेदार रावलसँग ५ हजार ७ सय ४३ मतान्तरका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिनुभयो।
गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार १ सय १६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो ।
यस्तै, राप्रपाका भरतसिंह विसीले २ हजार ७ सय ८४ मत प्राप्त गर्नुभयो। १ लाख ४ हजार ९ सय ६ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ३ सय ७४ मत खसेको थियो। ३ हजार ६ सय ६४ मत बदर भएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र–२ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार ४ सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र–२ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार ६ सय ६५ मतका साथ यसअघिनै विजयी भइसक्नुभएको छ ।