
काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४ सय ७७ मत पाएर दोस्रो हुनुभयो ।
यस्तै, नेकपा एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५ सय ६१ मतका साथ तेस्रो हुनुभयो भने राप्रपाका झनक प्याकुरेलले १ हजार ५ सय ७१ मत ल्याएर चौथो हुनुभएको छ ।