
सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १ सय ७६ मतले पछि पार्नुभएको हो ।
कार्कीले २२ हजार ३ सय ४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १ सय ६९ मत प्राप्त गर्नुभएको छ ।