
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको छ। पछिल्लो मत परिणामअनुसार समानुपातिकमा नेकपा एमाले पहिलो स्थानमा छ।
एमालेले १८ लाख ९६ हजार ७ सय ३१ मत ल्याउँदा नेपाली कांग्रेसले १८ लाख २९ हजार ७ सय ९१ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले ८ लाख १ हजार ५ सय २४ मत ल्याएर तेस्रो स्थान बनाएको छ।
यस अगाडि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले पछाडि पारेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ७ लाख ९९ हजार ३ सय २० मत ल्याएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख १० हजार ६ सय ८० मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले समानुपातीकमा १ लाख ७२ हजार ४ सय ७७ मत र जनता समाजवादी पार्टीले २ लाख १९ हजार १७ मत ल्याएको छ। देशभर मतगणना जारी रहेको छ।