सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

गत महिना मात्र जिम्मेवारी सम्हालन् आउनुभएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो ।

सो भेटमा महानिरीक्षक अर्याल र राजदूत थम्पसन बीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Back to top button