महोत्तरी–१ मा जनमत पार्टीद्धारा प्रदर्शन, मतगणना स्थगित

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं–१ मा दलहरूबीच विवाद भएपछि मतगणना स्थगित भएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

यस्तै, गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं–१ का प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र महतोको आरोप रहेको छ ।

क्षेत्र नं–१ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताउनुभयो ।

अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै जनमतका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

Back to top button