
बर्दिबास । महोत्तरी क्षेत्र नम्बर–१ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार विजयी हुनुभएको छ ।
नेकपा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी शारदादेवी थापाले सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारलाई ७ सय २० मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
थापाले ८ हजार ३ सय ४ मत प्राप्त गर्नुभएको छ भने सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पिताम्बर महतोले ७ हजार ५ सय ८४ मत प्राप्त गर्नुभएको हो ।