
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
आचार्य ३२ हजार ८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी महतोले २६ हजार ५८ मत पाउनु भएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३ सय ८६ मत पाउनु भएको छ ।
यस्तै, समानुपातिकमा समेत प्रत्यक्षतर्फको मत हुने आशंकाले आधिकारिक रूपमा भने आयोगले सार्वजनिक गरेको छैन ।