इलाम–२ मा एमालेका उपाध्यक्ष नेम्वाङ विजयी

इलाम । इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ । उहाँले १ सय १४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्नुभएको हो ।

नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत पाउनु भएको छ । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर विजयी हुदैँ आउनुभएको छ ।

Back to top button