उदयपुर–१ मा मतगणना स्थगित

उदयपुर । मुचुल्का अनुसार मतपत्र नभेटिएको भन्दै उदयपुरको क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यको मतगणना रोकिएको छ।

मुचुल्का गरी राखिएका ३० वटा मतपेटिका खोल्दा १ सय ७ मतपत्र नपुगेपछि सहमतिको प्रयास खोजिएको छ ।

त्रियुगा, चौदण्डि र बेलका नगरपालिकाको १० वटा मतपेटिकामा प्रदेशसभा ‘ख’ को १ सय मतपत्र थप भेटिएको र प्रतिनिधिसभातर्फ १ सय ७ मत नभेटिएपछि गणना कार्यमा विवाद बढेको हो ।

मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार सहमतिका लागि १०ः३० बजे सर्वदलीय बैठक बोलाइएको छ । एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले मुचुल्का अनुसार मतपत्र नभेटिनुले आशंका पैदा भएको बताउनुभयो ।

उहाँले उक्त मतपेटिकामा प्रदेशसभाको एक सय मतपत्र थप भेटिनु र प्रतिनिधिसभाको मतपत्र नै गायब हुनु शंकाको विषय भएको बताउनुभयो।

Back to top button