चिसोमा बिजुलीबिना बस्न बाध्य ६० लाख युक्रेनी

युक्रेनमा अत्याधिक चिसोमा पनि ६० लाख मानिस बिजुलीविहीन जीवन बिताउन बाध्य भएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस हप्ता भएको ठूलो मिसाइल हमलापछि ६० लाख युक्रेनीका घर अझै बिजुलीविहीन रहेको बताउनुभएको छ ।

आफ्नो रात्री सम्बोधनमा उहाँले भन्नुभयो,‘राजधानी र यसका वरपरका क्षेत्रहरू आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन्।’ उहाँले राजधानी बाहेक सबैभन्दा बढी प्रभावित क्षेत्र ओडेसा, पश्चिममा लभिभी, भिनित्सा र निप्रोपेट्रोभस्क रहेको बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले न्यूनतम विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपील गर्नुभएको छ । उहाँले यो जाडोमा हिम्मत देखाउनुपर्ने र यो जाडो सधैं सम्झिने बताउनुभयो ।

Back to top button