नेपाल रेल्वे कम्पनीले माग्यो १० जना कर्मचारी

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको लागि भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो।

कम्पनीले ४ जना रेल चालक, ४ जना स्टेशन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ।

यस्तै, स्टेशन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ। सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ।

एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ। यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ।

Back to top button