रामेछापमा कांग्रेसका कान्छाराम विजयी

रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित हुनुभएको छ । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी हुनुभएको हो ।

१ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८ सय ९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत ल्याउनुभएको छ ।

यस्तै, प्रदेशसभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतान्तरले मतले पराजित गर्नुभएको हो ।

प्रदेशसभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गर्नुभएको हो । चौलागाईंले २१ हजार २ सय ३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४ सय १३ मत प्राप्त गर्नुभएको छ ।

यसपटक रामेछापमा खसेको मतमध्ये ४ हजार ७ सय ८१ मत बदर भएको छ ।

Back to top button