वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

वीरगन्ज । वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर–१२ मुर्लीका १९ वर्षीय साहिल हवारी रहेको प्रहरीले जनाएको छ ।

गएराति वीरगन्ज १४ पिपराको नृसिंह माविस्थित सडकमा मधेस प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक हवारी र त्यसमा सवार २० वर्षीय सरजात अन्सारी घाइते भएका थिए ।

घाइते दुवैजनलाई उपचारका लागि वीरगन्जकै स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना गरिएकोमा हवारीको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयो । घाइते अन्सारीको भने उपचार जारी छ ।

Back to top button