इलाम–१ मा बस्नेतसँग २ हजार ९ सय ५७ मतले खनाल पराजित

इलाम । इलाम–१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ ।

बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्नुभएको हो । यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।

यस्तै, इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई १ सय १४ मतान्तरले पराजित गर्नुभएको थियो ।

Back to top button