जनकपुरमा विवाहपञ्चमी महोत्सवको रौनक

जनकपुर । रामजानकी विवाहपञ्चमी महोत्सवको रौनक अहिले जनकपुरमा छाएको छ।

साताव्यापी महोत्सव अन्तर्गत भोलि रामसीताको विवाह जानकी मन्दिरको प्रांगणमा बनाइएको भव्य मण्डपमा हुने छ। महोत्सवमा सहभागी हुन देश तथा विदेशबाट आएका दर्शनार्थीहरूले जनकपुर भरिभराउ छ।

यस्तै, त्रेता युगदेखि जोडिएको रामसीताको विवाहलाई जनकपुरमा प्रत्येक वर्ष जीवन्त बनाउन यो महोत्सवको आयोजना हुँदै आएको छ।

Back to top button