सुनसरी–१ बाट जसपाका राई निर्वाचित, प्रदेशमा एमाले

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई निर्वाचित हुनुभएकोे छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।

निर्वाचित राईले १७ हजार ५९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभयो। २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जित्नुभएको राईले त्यस पछाडिका सबै चुनाव हार्नुभएको थियो।

२०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर–१ बाट चुनाव हार्नुभएको राई २०७४ मा सुनसरी क्षेत्र नम्बर–१ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित हुनुभएको थियो। यसपटक एमालेसँगको तालमेलका कारण उहाँले चुनाव जित्न सफल हुनुभएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्‍सामहाङ्ग सुब्‍बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुनुभयो।

निर्वाचित भएपछि राइले समग्र सुनसरी–१ को विकासका निम्ति आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो।

यस्तै, प्रदेशसभा सदस्यमा सुनसरी–१ (क) मा एमालेको रमेश बस्नेत निर्वाचित हुनुभएको छ भने सुनसरी–१ (ख) मा एमालेकै विजय राई निर्वाचित हुनुभएको छ ।

Back to top button