समानुपातिक अपडेटः कुन दलको कति पुग्यो?

काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ ।

आज बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २ सय १४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९ सय ८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएको छ । यस आधारमा दुवै दलले समान १५–१५ सिट पाउने देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १ सय ८८ र जसपाले ३ लाख २४ हजार ३ सय १० मत पाएको छ ।

हेर्नुहोस् समानुपातिक मतको विवरण:

दलको नाम    कुल मत      पाउने सिट   
नेकपा एमाले २५३०२१४ ३५
नेपाली कांग्रेस २३९६०९३ ३३
रास्वपा १०६२९८० १५
माओवादी केन्द्र १०६१२०० १५
राप्रपा ५४५१८८
जसपा ३२४३१०
जनमत २६१२१५
एकीकृत समाजवादी २५१४७६
कुल सदर मत ९८८९७१६ ११०

यस्तै, जनमत पार्टी र एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

आज बिहान १० बजेसम्मको मतगणना अनुसार जनमत पार्टीले २ लाख ६१ हजार २ सय १५ र एकीकृत समाजवादी पार्टीले २ लाख ५१ हजार ४ सय ७६ मत पाएको छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनासाथ भने ३ देखि ४ सिट पाउने देखिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार समानुपातिकमा ३ प्रतिशत कटाएका दलहरुको मतलाई सेन्ट लग विधिबाट हिसाब गरेर सिट निकालिन्छ । यो विधिमा हिसाब गर्दा १, ३, ५, ७, ९ अंकले भाग गरेर विभाजन गरी भागफल (क्यास्केट) निकाली सिटको बाँडफाँट गरिन्छ ।

Back to top button