जनमतले कटायो समानुपातिक थ्रेसहोल्ड

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाएको छ। जनमत पार्टीले ३ लाख २० हजार २ सय ४८ मत ल्याएको हो।

निर्वाचन आयोगको आकलनअनुसार कुल सदर मतको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ, जसलाई थ्रेसहोल्डको सीमा मानिने गरेको छ। जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ १ सिट जितेकाले राष्ट्रिय दल बन्नेछ।

यस्तै, जनमत पार्टीसहित राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुगेको छ। यसअघि एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ।

Back to top button