अवैध लागुऔषधसहित कञ्चनपुरबाट ३ जना पक्राउ

कञ्चनपुर । अवैध लागुऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित ४६ वर्षीय कर्ण विकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

Back to top button