
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ।
पार्टी कार्यालय ललितपुरको च्यासलसमा आज एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो।
स्वस्ति वाचनपछि पण्डितले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिनुभएको थियो। कार्यक्रममा महासचिव शंकर पोखरेललगायतका नेताहरुको उपस्थित रहेको छ।
ओली झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले ५७ हजार १ सय ३१ मत ल्याउँदै विजयी हुनुभएको हो ।
अध्यक्ष ओली निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो।