
मुस्ताङ । मुस्ताङमा एक नवजात शिशुको शव फेला परेको छ।
जिल्ला अदालत मुस्ताङको पछाडि पट्टीको क्षेत्रमा करिव २ हप्ता पुगिसकेको जस्तो देखिने शिशुको शव हिजो साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित जिल्ला अदालत पछाडि शिशुको शव फेला परेको सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिनुभयो।
यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो। शिशुको शवलाई पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल जोमसोममा राखिएको छ।