मोरङमा १६६ जना उम्मेदवारले जोगाउन सकेनन् जमानत

विराटनगर । मंसिर– ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभातर्फ मोरङमा १६६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभातर्फ ८७ र प्रदेशतर्फ ७९ जना उम्मेदवारको जमानत रकम जफत भएको हो । मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फका ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यस्तै प्रतिनिधिसभातर्फ मोरङको क्षेत्र नं। २ मा ११, क्षेत्र नं. ३ मा २८, क्षेत्र नं. ४ मा १३, क्षेत्र नं. ५ मा १३ र क्षेत्र नं. ६ मा ११ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय प्रदेश १ का निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले जानकारी दिनुभएको छ । उम्मेदवारले धरौटी रकम जोगाउन नसक्दा ११ लाख २५ हजार राजश्व निर्वाचन आयोगमा जम्मा भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ मोरङ १ (१) मा ३ जना, १ (२ं) मा ५ जना, मोरङ २ (१) मा १० जना, मोरङ २(२( मा ८ जना, मोरङ ३ (१) मा ४ जना, ३(२) मा १० जना, मोरङ ४ (१) मा ५ जना, ४ (२) मा ६ जना, मोरङ ५ (१) मा ३ जना, ५ (२) मा ७ जना र मोरङ ६ (१) मा १० जना, ६ (२) मा ८ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

मोरङका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १०५ र प्रदेशसभदा तर्फ ११० गरी कुल २१५ जना चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा ६ मा १ लाख २६ हजार ७६१ मतदाता रहेकोमा ६७ दशमलव ५४ प्रतिशत अर्थात ८५ हजार ६१३ मत खसेको थियो ।

जसमा ६ दशमलव ६ प्रतिशत अर्थात ५ हजार १८७ मत बदर भएको थियो भने ९३ दशमलव ९४ प्रतिशत अर्थात ८० हजार ४२६ प्रतिशत मत सदर भएको छ । धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छ । १० प्रतिशत मत ल्याउने नसक्ने उम्मेदवारको धरौटी जफत भएको अधिकारीले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवार दर्ता शुल्क तोकिएको थियो । आयोगले तोकिएको रकममध्ये महिला, दलित, अल्पसंख्यकको हकमा ५० प्रतिशत उम्मेदवार दर्ता शुल्क छुट दिएको थियो । सोही अनुसारको धरौटी रकम जफत भएको छ । उम्मेदवारी दिएकामध्ये ४९ जनाले मात्र धरौटी जोगाउन सफल भएका छन् ।

Back to top button