एमालेले कटायो समानुपातिकतर्फ २७ लाख मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रमको अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ।

एक करोड ४२ हजार ५ सय १४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९ सय ४ मत ल्याउन सफल भएको हो।

सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। एमालेले नेपाली कांग्रेससँग करिब डेढ लाखको फराकिलो अन्तर बनाएको छ।

आज दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३ सय ९१ मत ल्याएको छ। उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३ सय ९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १ सय ६१ मत ल्याएको छ।

Back to top button