नेपाल टी–२० लिगबाट बाहिरियो काठमाडौं गोर्खाज, नयाँ फ्रेन्चाइज खोज्दै क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना पहिलो पटक हुन लागेको नेपाल टी–२० लिग क्रिकेटको एउटा फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

लिग घोषणा हुँदादेखि नै आलोचना हुँदै आएको र विवादित बनेको नेपाल टी–२० मा पछिल्लो पटक फ्रेन्चाइजले नै हात झिकेपछि समस्यामा देखिएको छ ।

क्यानले आफ्नै आधिकारिक फ्रेन्चाइज गर्ने भन्दै गत जेठमा नेपाल टी–२० लिग घोषणा गरेको थियो । आगामी डिसेम्बर ११ देखि ३१ सम्म (मंसिर २५ देखि पुस १६ गते) सम्म पहिलो संस्करण आयोजना गर्ने तयारी भइरहेको थियो । तर लिग हुनु दुई हप्ता भन्दा कम समय बाँकी रहँदा कान्तिपुर मिडियाको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले नाम फिर्ता लिएको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले काठमाडौंले नाम फिर्ता लिएको पुष्टि गर्नुभयो । ‘काठमाडौं गोर्खाजले नाम फिर्ता लिएको छ । अब त्यसको ठाउँमा नयाँ टिम समावेश गर्नुपर्ने हुन्छ,’ मल्लले भन्नुभयो ।

 

Back to top button