बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ। हिजो प्रतितोला ९७ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ६ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ५ ले बढेर १ हजार २ सय ९० पुगेको महासंघले जनाएको छ।

Back to top button