सुनसरी–४ मा कार्कीको अग्रता,पछ्याउँदै कुसियैत

विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसको उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ ।

कार्कीले २६ हजार ५ सय ३० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियैतले २६ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, कार्की र कुसियैतको ३ सय ३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना जारी रहेको छ।

Back to top button