चीनका पूर्व–राष्ट्रपति च्याङ चमिनको निधन

काठमाडौं । चीनका पूर्व–राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डो¥याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको आज ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ ।

उहाँ ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित हुनुहुन्थ्यो ।

तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिनुभयो र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गर्नुभएको थियो ।

Back to top button