अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रको साथ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

उहाँले नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको हो ।

‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन’, उहाँले भन्नुभयो,‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।’ अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उहाँको भनाइ छ ।

यस्तै, सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो। ‘निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।’

Back to top button