
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २ सय २२ मतगणना भएको छ । आज बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३ सय ५ मत ल्याएर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४ सय २३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५ सय ९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४ सय ३४ मतसहित पाँचौं स्थानमा छ भने छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८ सय ५८ मत छ।
यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४ सय २४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १ सय ५८ मत पाएको छ।