स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा–२ मा पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ ।

कांग्रेस उपसभापति समेत रहनुभएका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गर्नुभएको हो । यस्तै, नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले उहाँलाई पछ्याइरहनुभएको छ ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गर्नुभएको छ । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पार्नुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याउनुभएको छ ।

यस्तै, गत ४ मंसिरमा निर्वाचन सम्पन्न भएपनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशनपछि हिजो रातिदेखि मतगणना सुरु भएको हो ।

Back to top button