लुम्बिनीमा समानुपातिकतर्फ एमाले पहिलो दल

बुटवल । प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा एमालेले ५ लाख ७० हजार ९ सय २१ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत पाएको छ । एमालेले पाएको मत कांग्रेसले पाएको भन्दा ७० हजार ९ सय ३५ बढी हो । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४ सय ५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय ५१ मत पाएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६ सय ५, जनता समाजवादी पार्टीले ६० हजार ८ सय ८६, नेकपा एकीकृत समाजवादीले ४२ हजार ६ सय २१, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६ सय ३१, राष्ट्रिय जनमोर्चाले ३२ हजार ६ सय ४७ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा सिट पाउने वा नपाउने यकिन भइसकेको छैन ।

यस्तै, हाम्रो नेपाली पार्टीले २७ हजार ७ सय ४,राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८ सय ६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १ सय ९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८ सय ६७,नेकपा मालेले ६ हजार ४ सय ४५, नेपाल जनता पार्टीले ५ हजार २ सय २२, वहुजन शक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३ सय ४९, नेपाल सुशासन पार्टीले २ हजार ७ सय ९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९ सय १२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले १ हजार ६ सय ५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६ सय ७, नेपाली जनता दलले १ हजार ४ सय १९, नेपाली कांग्रेस बीपीले १ हजार २ सय ८८, जनसमाजवादी पार्टीले १ हजार २ सय १४,नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २ सय ७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ७३, मौलिक जरोकिलो पार्टीले ९ सय २८, विवेकशील साझा पार्टीले ७ सय ९१ र नेश्नलिस्ट पिपुल्स पार्टीले सबैभन्दा कम ४ सय ५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रदेशको प्रत्यक्षतर्फपनि १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।

Back to top button