नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । सेयर बजारको अन्तिम दिन आज नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १९६१ दशमलव ०६ विन्दुमा पुगेको छ।

नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ। आज १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १ सय ८५ रुपैयाँको सेयर कारोबार भयो।

अघिल्लो कारोबार दिन हिजो ८४ करोड २६ लाख बराबरको सेयर कारोबार भएको थियो। सो दिन २२८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर खरिदबिक्री भएको थियो।

यसदिन २४१ कम्पनीको ३ लाख ८ लाख ६५ हजार ९६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये १० समूहको सूचक बढ्यो भने ३ को घट्यो।

यसदिन लाइफ इन्स्योरेन्स समूहको सूचक सर्वाधिक १ दशमलव २८ प्रतिशतले बढ्यो। १० समूहको सूचक उकालो लाग्दा होटल्स एन्ड टुरिजम, इन्भेस्टमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको सूचक घटेको हो।

यसदिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

नेप्से बढेसँगै सेयर बजारमा एउटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै, स्वेत गंगा हाइड्रोपावरको मूल्य ९ दशमलव २१ प्रतिशतले बढ्दा सिटीजन्स म्युचुअल फन्डको सूचक ३ दशमलव ६४ प्रतिशतले ओरालो लाग्यो।

Back to top button