
बाजुरा । बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो ।
मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न हिजो निर्णय गरेको थियो ।
आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले हिजो र आज बिहान सर्वदलीय बैठक बोलाएको थियो । तर बैठक निष्कर्ष विहीन बनेको थियो । तेस्रो पटक बोलाएको बैठकमा नेकपा एमाले पनि सहभागी भएपछि मतगणना गर्ने सहमति बनेको हो ।