
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर–२ बाट प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनुभएको छ । उहाँ १५ हजार १ सय ६१ मत सहित निर्वाचित हुनुभएको हो ।
यस्तै, नेकपा (एमाले) का मोहन रेग्मीले १२ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएको छ । अर्यालले नेकपाका रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पराजित गर्नुभएको हो ।
प्रदेश १ अन्तरगत १९ वडा छन्। गल्याङ नगरपालिका ६,७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९, वालिङ नगरपालिकका ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन्।
रेग्मी विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो। अर्याल वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसक्नुभएको छ ।