
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङ २ हजार ४ सय २१ मतान्तरले अघि हुनुहुन्छ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार गुरुङले ९ हजार ९ सय ८१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पद्मा अर्यालले ७ हजार ५ सय ६० मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ४ हजार १ सय ७६ मत प्राप्त गर्नुभएको छ ।