भक्तपुरमा घरको चौथो तल्लाबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं.–६ मिलरोडमा घरको चौथो तल्लाबाट खसेर एक जनाको मृत्यु भएको छ । भुवन श्रेष्ठको साढे चार तल्ले पक्की घरबाट खसेर उहाँकै छोरा १७ वर्षीय भुमिललाल श्रेष्ठको मृत्यु भएको हो ।

हिजो साँझ साढे ६ बजे भुमिल छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । भुमिलको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

Back to top button