कपिलवस्तुमा एक भारतीय नागरिकमाथि गोली प्रहार

रुपन्देही । कपिलवस्तुमा एक भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि २ गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी २ गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिनुभयो । गोली लागी घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको बस्नेतले बताउनुभयो ।

यस्तै गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Back to top button