
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदार कांग्रेसका गुरुङले १४ हजार ३ सय ६ मतसहित अग्रस्थान लिनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेको पद्मा अर्यालले १२ हजार १ सय ३५ मत प्राप्त गरी गुरुङलाई पछ्याइरहनुभएको छ । दुईबीचको मतान्तर २ हजार १ सय १७ रहेको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ ।