युवा नेताको नेतृत्वमा सरकार गठन हुनुपर्छ : नेता भण्डारी

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले उमेर ढल्केका र शारीरिक रुपमा पनि अशक्त भएका नेताहरूबाट देश नचल्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरूको जोश र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आउनुपर्नेमा जोड दिनुभएको हो ।

यस्तै, पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उहाँको दाबी छ। उहाँले जिल्लामा अधुरा तथा नयाँ विकास निर्माणका कामहरूलाई पूरा गर्ने गरी काम गर्ने पनि उल्लेख गर्नुभयो।

गुल्मी जिल्लालाई विकास निर्माणले नमुना जिल्ला बनाउने गरी आफूले योजना बनाएको पनि उल्लेख गर्नुभएको छ । यता गुल्मी क्षेत्र नं–१ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको बिकास र निर्वाचनमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने बताउनुभयो।

Back to top button