
स्याङ्जा । स्याङजा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याउँदै आईरहनुभएको छ ।
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार गुरुङको मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायमै छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि हुनुहुन्छ ।
यस्तै, पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६ सय ८१ मत पाउँदा अर्यालले २१ हजार ६ सय ५८ मत ल्याउनुभएको छ । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।
अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ ।