अपांगता भएका व्यक्तिको सेवामा प्राथमिकता दि‍औँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा शुभकामना दिँदै उहाँले नेपालको संविधानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएकालगायत नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको बताउनुभएको छ ।

उहाँले अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारीसमेत दिनुभएको छ ।

यस्तै, संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ मा अपांगता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। नेपालमा पनि आज विभिन्न स्थानमा कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

Back to top button